संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै छ ।
बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारबाहीका विषयमा छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगति तथा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा छलफल हुने छ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने छ । कार्य सूचीअनुसार बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९