क्यानडा पठाउँछु भनेर १८ लाख ठगेको आरोपमा एक जना पक्राउ

भक्तपुर न्यूज

६ असोज २०८१ ५:२७

क्यानडा पठाउँछु भनेर १८ लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने रामहरि भण्डारी छन् ।

३४ वर्षीय भण्डारीले दुई जना पीडितबाट १८ लाख ३५ हजार ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

आरुघाट नगरपालिका वडा नम्बर–१० घर भएका भण्डारीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय