समाजवादी मोर्चाले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता हमालले मोर्चामा आबद्ध पार्टीका शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताए । वामपन्थी शक्तिलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित मोर्चा गठन भएको र मोर्चाले अनौपचारिक रूपमा ती समूहसँग छलफल गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९