वरिष्ठ उपाध्यक्ष पोखरेलले पाए एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेकपा एमालेकाे कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि उनले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई प्रदान गरेकाे एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कने छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
