जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय तामाङ पक्राउ

भक्तपुर न्यूज

४ असोज २०८१ ६:४०

जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय तामाङ पक्राउ

काठमाडौं । ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङ रहेका छन् । उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तेह्रथुमको लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरागरी बस्ने तामाङले ती महिलालाई भदौ ३० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय