दीपादीपकको फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ’ सार्वजनिक

भक्तपुर न्यूज

३ असोज २०८१ ६:३१

दीपादीपकको फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ’ सार्वजनिक

काठमाडौं । कलाकारद्वय दीपादीपकको फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ’ सार्वजनिक भएको छ। छायांकनपछि पहिलोपटक फिल्मले क्यारेक्टर लुक्ससहितको गीत सार्वजनिक गरेको हो।

बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वर रहेको गीतको भिडिओमा मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी फिचर्ड छन्। त्यसैगरि, मेक्सन गौडेल र सुरवीर पण्डित लगायतलाई पनि भिडिओमा देख्न सकिन्छ।

ब्रेकअप मुड दर्शाउने गीतले प्रेमीले प्रेमिकाप्रति पोखेको रिष र आक्रोशलाई चित्रण गरेको छ। गीतको शब्ददेखि कलाकारको प्रस्तुति कमेडीखाले देख्न सकिन्छ। दीपाश्री निरौला निर्देशित यस फिल्ममा दीपककै कथा, पटकथा र संवाद रहेको छ। फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ।

यसअघि छक्का पञ्जाको सबै सिरिज बक्स अफिसमा राम्रै व्यापार गरेको छ । चलचित्र दशैंको छेको पारेर असोज २४ गते सार्वजनिक हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय