निगमलाई दिएको ऋण उठाउन कर्मचारी सञ्चय कोषलाई अर्थमन्त्रीको निर्देशन

भक्तपुर न्यूज

१ असोज २०८१ ६:०१

निगमलाई दिएको ऋण उठाउन कर्मचारी सञ्चय कोषलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिएका छन् । सोमबार कर्मचारी सञ्चय कोषको ६३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

उनले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गरे । उनले कोषले सरकार ग्यारेन्टी रहेको भन्दैमा लगानी उठाउन निर्देशन दिए । उनले कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समीक्षा गर्न जरुरी भएको औँल्याए। उनले नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको दिएको २७ अर्ब बढी लगानी उठाउन पहल गर्न निर्देशन दिए ।

उनले सरकार ग्यारेन्टी बसेको छ भनेर मौन नबस्न आग्रह गरे । उनले वायुसेवा लगायत अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दिइरहेको छ ? भन्ने कुरालाई सूक्ष्म ढङ्गले अध्ययन गर्न सुझाव दिए । उनले कोषले प्रतिफललाई अझ वृद्धि गर्ने हिसाबले काम गर्नु जरुरी देखिएको उल्लेख गरे ।

उनले सञ्चयकर्ताहरूले अधिकतम लाभ कसरी प्राप्त गर्ने भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले लगानी गरेर चित्त बुझाउने ढङ्गले नभई सूक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय