हिंसा शब्द रेकर्डबाट नहटाएसम्म संसद् अवरोध जारी राख्ने माओवादीको निर्णय

भक्तपुर न्यूज

३० भदौ २०८१ ९:०५

हिंसा शब्द रेकर्डबाट नहटाएसम्म संसद् अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको छ ।

आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो । त्यसपछि बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको हो । माओवादी सचेतक रुपा सोसी चौधरीले आफूहरुले उठाएको विषयमा सत्तारुढ दलहरू गम्भीर नभएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय