बैतडीमा बुधबारदेखि विद्युत् सेवा अवरुद्ध

भक्तपुर न्यूज

२८ भदौ २०८१ ११:२२

बैतडीमा बुधबारदेखि विद्युत् सेवा अवरुद्ध

काठमाडौं । वर्षा र चट्याङका कारण गत बुधबारदेखि बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ। यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो।

विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ। विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ । यहाँ बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय