दुर्गा प्रसाईंको नेतृत्वमा राइड शेयरिङ प्लेटफर्मको विरोधमा ट्याक्सी र्‍याली, ट्राफिक व्यवस्थापन प्रभावित

भक्तपुर न्यूज

२८ भदौ २०८१ ८:२४

दुर्गा प्रसाईंको नेतृत्वमा राइड शेयरिङ प्लेटफर्मको विरोधमा ट्याक्सी र्‍याली, ट्राफिक व्यवस्थापन प्रभावित

काठमाडौं । राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका माग गर्दै ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् । शुक्रबार जडीबुटी कोटेश्वर क्षेत्रमा उनीहरुले सवारीसहित प्रदर्शन गर्दा सो क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा ट्याक्सी चालकहरू जडीबुटी क्षेत्रको बिच सडकमै ट्याक्सी राखेर सडक अवरोध गरेका थिए । ट्राफिक प्रहरीले ट्याक्सी हटाएर सडक सञ्चालन गरिसकेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय