काठमाडौंबाट दिल्ली उड्न लागेको भिस्ताराको ‘यूके–१५८’ जहाज डाइभर्ट

भक्तपुर न्यूज

२८ भदौ २०८१ ८:११

काठमाडौंबाट दिल्ली उड्न लागेको भिस्ताराको ‘यूके–१५८’ जहाज डाइभर्ट

काठमाडौं । शुक्रवार अर्थात आज काठमाडौंबाट दिल्ली उड्न लागेको जहाज डाइभर्ट गरिएको छ । विमानमा रहेकी यात्रुको स्वास्थ्यमा समस्या आएपछि दिल्लीतर्फ उड्न लागेको जहाज पुनः पार्किङ वे मै फर्किएको हो ।

जहाजमा यात्रामा रहेकी डाइबिटीज यात्रुको सुगरको स्तर अचानक बढेर गाह्रो भएपछि जहाज डाइभर्ट गर्नु परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, ११:३० बजे दिल्ली फर्किने तालिका रहेको भिस्ताराको ‘यूके–१५८’ उडान नम्बर भएको न्यरोबडी धावनमार्गको टेकअफ विन्दुमा पुगेर पुन पार्किङ वेमै फर्किएको हो ।

जहाजभित्र रहेकी एक महिलाले आफूलाई सुगर बढेर स्वास्थ्यमा गाह्रो भएको जानकारी गराएपछि जहाज डाइभट गर्नु परेको प्रवक्ता शेर्पा बताउँछन् । ती महिलालाई जहाजबाट झारेर तुरुतै एम्बुलेन्समा राखेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्याएको छ ।

जहाजमा १ सय ६१ जना यात्रु दिल्ली उड्ने तयारीमा थिए । जहाज यति बेला विरामी महिलालाई झारेर जहाज दिल्ली तर्फ उडिसकेको छ । महिलाको स्वास्थ्यमा आएको समस्यामा आाएपछि जहाज उड्नमा केहि ढिलाई भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय