अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट खेल वर्षाका कारण रद्द

भक्तपुर न्यूज

२८ भदौ २०८१ ६:२९

अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट खेल वर्षाका कारण रद्द

काठमाडौं । अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट टस समेत हुन नभइ रद्द भएको छ । भारतको नोयडामा हुने भनिएको अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट खेल निरन्तरको वर्षाका कारण रद्द भएको हो ।

दुई टोलीबीचमा एकमात्र टेस्ट खेल रहेको थियो । टस बिना नै रद्द भएको टेस्ट क्रिकेटको इतिहासमा यो आठौं खेल हो । पछिल्लो पटक सन् १९९८ मा न्युजिल्यान्डको डुनेडिनमा घरेलु टोली र भारतबीचको टेस्ट रद्द भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय