दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा हुने

भक्तपुर न्यूज

२८ भदौ २०८१ ६:१८

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा हुने

काठमाडौं । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा हुने भएका छन्।

आज भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्त र उज्जल भुइयाँले उनलाई जमानतमा रिहा गर्न आदेश दिएका हुन्। समाचार संस्था पीटीआईका अनुसार अदालतले उनलाई १० लाख रुपैयाँको मुचुल्कामा जमानतको आदेश दिएको हो।

रक्सी घोटालामा १५६ दिनदेखि जेलमा रहेका मुख्यमन्त्री केजरीवाल अबको केहीबेरमा रिहा हुँदैछन्। उनलाई गत मार्च २१ म भारतको प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय