कांग्रेसले सत्ता गठबन्धनसँग फेरि छलफल गरेर मात्रै उपसभामुखबारे निर्णय लिने

भक्तपुर न्यूज

२६ भदौ २०८१ ६:२९

कांग्रेसले सत्ता गठबन्धनसँग फेरि छलफल गरेर मात्रै उपसभामुखबारे निर्णय लिने

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको आचरणको विषय सत्ता गठबन्धनसँग फेरि छलफल गरेर मात्रै निर्णय लिइने निष्कर्ष निकालेको छ ।

बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले उपसभामुखलाई हटाउने वा नहटाउने विषयमाथि सत्ता गठबन्धनमा रहेका सबै दलको साझा धारणा आउनुपर्ने भन्दै यसबारे सत्ता गठबन्धनमा फेरि छलफल गरेपछि मात्रै निर्णय लिने भएको हो ।

उपसभामुख राना मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो । यो विषय मंगलबारको प्रतिनिधि सभामा नेकपा (एमाले) का सांसदहरूले पुनः उठान गर्दै उपसभामुखले पदबाट राजीनामा दिनुपर्ने विषय राख्दा माओवादी केन्द्र र रास्वपाले प्रतिवाद गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय