साढे ४ लाख घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे ४ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित उनीहरुलाई मंगलबार दिउँसो वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । वडाअध्यक्ष र वडासचिवले घरबाटो प्रमाणित गरी दिनका लागि उक्त घुस रकम मागेका थिए ।
अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
