इंग्ल्यान्डका अलराउन्डर मोइन अलीद्धारा सन्यासको घोषणा

भक्तपुर न्यूज

२३ भदौ २०८१ ७:१८

इंग्ल्यान्डका अलराउन्डर मोइन अलीद्धारा सन्यासको घोषणा

काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टीमका अलराउन्डर मोइन अलीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । मोइन अली सन् २०२४ मा खेलिएको टी-२० विश्वपकमा इंग्ल्यान्ड क्रिकेट टीमका सदस्य थिए ।

मोइनले सन्न्यासको घोषणा गर्दै भनेका छन्, ‘म ३७ वर्षको भएको छु । म अघिल्लो महिना अस्ट्रेलियाविरुद्ध हुने सिरिजका लागिसमेत सदस्यका रुपमा छैन । मैले इंग्ल्यान्डका लागि धेरै क्रिकेट खेलेँ । अब नयाँ पिढीको समय आएको छ । मैले आफ्नो काम गरेँ । अब अलबिदा भन्ने सही समय यही हो ।’

आफ्नो इन्टरनेशनल करिअरमा मोइनले इंग्ल्यान्डका लागि ६८ टेस्ट म्याच खेले । जसमा उनले ३०४९ रन बनाए, २०४ विकेट पनि लिएका छन् । अर्कातिर मोइनले १३८ एक दिवसीय म्याचमा २३५५ रन बनाएका छन् । उनले एक दिवसीमै १११ विकेट पनि आफ्नो नाममा लेखाएका छन् । टी-२० मा मोइनले ९२ खेल खेल्दै १२२९ रन बनाएका छ्न् । बलिङतर्फ उनले ५१ विकेट पनि लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय