गुणस्तरहीन इन्धन बिक्रिको आरोपमा आयल निगम
काठमाडौं २१ भदौं । बिभिन्न कारण चर्चा परिचर्चामा रहिरहने नेपाल आयल निगम यती बेला फरक चर्चाका कारण बिबादमा तानियको छ । हवाई इन्धमा देखिएको गुणस्तरहीन इन्धन बिक्रिको आरोप खेप्नु परेको छ ।
यस्तो आरोप निगमबाट इन्धन राखिरहेका सरोकारवाला खाडी मुलुक युनाइटेड अरब इमिरेट्स युएई को दुबईबाट उडान भर्दै आएको फ्लाई दुबई, सारजहाबाट उडान भर्दै आएको एयर अरेबिया, अबुधाबीबाट उडान भर्दै आएको इतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् ।इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन आएटा बाट प्रमाणित तथा ती अन्तर्राष्ट्रिय वायुसेवामा आवद्ध अनुगमन निरीक्षकले नेपाल आएर निगमबाट बिक्री गरिने हवाई इन्धनको गुणस्तर नपुगेको प्रतिवेदन निगममा बुझाएका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
