प्रत्यारोपण केन्द्रमा भइरहेको वेथितिविरुद्ध स्थानीयबासीले प्रशासनमा बुझाए ध्यानाकर्षण पत्र

भक्तपुर न्यूज

२० भदौ २०८१ १०:५९

प्रत्यारोपण केन्द्रमा भइरहेको वेथितिविरुद्ध स्थानीयबासीले प्रशासनमा बुझाए ध्यानाकर्षण पत्र

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको वेथितिविरुद्ध आन्दोलनरत स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गर्दै विहीबार प्रशासन कार्यालयमा ध्यानाकर्षण बुझाएका हुन् ।

विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै अवगत गराउँदै आएको भएपनि हाल मुटु सम्बन्धी उपचार नभरहेको र दैनिक दुईदेखि चारजना नागरिकको मृत्यु अस्पतालकै सेरोफेरोमा भइरहँदा पनि अस्पताल व्यवस्थापन र नेतृत्वमाथि गम्भीर प्रश्न उठेको आन्दोलनकारीको भनाइ छ ।

केन्द्रमा सरकारले मुटुकै उपचारको लागि अर्बौ रकम लगानी गरिसकेको छ । साथै वार्षिक करोडौंको रकम परिचालन भई रहेको अवस्थामा नागरिकको रगत र पसिनाको पैसा सेवा नै नदिई व्यक्तिगत तथा मनोमानी ढंगले देखावटी खर्चको लागि मात्र भइरहेको उनीहरुको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय