लुम्बिनीको जनसम्पर्क सल्लाहकारमा डा.रामबहादुर राउत नियुक्त
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गरेका छन् । पाल्पाको रैनदेवी छहरा गाउँपालिका-२ निवासी डा.रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० को उपदफा (१) अनुसार राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ । सकारात्मक सोच विस्तार अभियानका अभियन्ताको रूपमा स्थापित राउतले समाजशास्त्रबाट योजना तर्जुमामा पिएचडी गरेका छन् ।
साथै उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् अधिवक्ता समेत रहेका राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागू हुनेगरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
