फेसबुकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने अभियान
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाएका छन् । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले जनाएको थियो ।
कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरेको सचिवालयले दाबी गरेको थियो । त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन् ।
मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान ६ लाख २ हजार मात्र रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
