गौशाला २६ ले निवेदन दिएपनि सन्दीपविरुद्ध पुनरावेदन गर्ने रायसहित उच्चले पठायो फाइल 

भक्तपुर न्यूज

१७ भदौ २०८१ ७:२९

गौशाला २६ ले निवेदन दिएपनि सन्दीपविरुद्ध पुनरावेदन गर्ने रायसहित उच्चले पठायो फाइल 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ ।

उच्च सरकारी वकिल कार्यालय स्रोतका अनुसार आइतबार नै फाइल महान्यायाधिवक्ताकोमा पठाएको हो । पीडित गौशाला २६(छ) ले आफू न्यायका लागि लड्दा सामाजिक रूपमै आक्रमणको सामना गर्नुपरेको र आफूमाथि डर, त्रास देखाउँदै हत्यासम्मका धम्की आउने गरेको भन्दै मुद्दा नचलाउन निवेदन दिएकी थिइन् ।

त्यसबेला उच्चका कतिपय अधिकारीले नै गौशाला २६(छ) ले ‘आफूमाथि बलात्कार नभएको, आफूले जाहेरी पनि एनजीओको दबाबमा दिएको र सन्दीप निर्दोष रहेको भन्दै निवेदन दिएको’ भनेर गलत प्रचार गरेका थिए । त्यस्तो प्रचारको नेतृत्व गर्ने अधिकारी उच्च अदालत पाटनबाट सरुवा भइसकेका छन् ।

पीडितले आफू न्यायको लडाइँमा अल्झिएर नबस्ने र शान्त जीवन बाँच्न चाहेको भन्दै निवेदन दिए पनि उच्च सरकारी वकिल कार्यालय पाटनले भने मुद्दा चलाउनुपर्ने रायसहित महान्यायाधिवक्तामा फाइल पठाएको हो । अब मुद्दा चलाउने वा नचलाउने अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयले नै गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय