त्रिभुवन विश्वविद्यालयले ११ क्याम्पस प्रमुखका लागि माग्यो आवेदन

भक्तपुर न्यूज

१७ भदौ २०८१ ७:०९

त्रिभुवन विश्वविद्यालयले ११ क्याम्पस प्रमुखका लागि माग्यो आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालको क्याम्पस प्रमुख छनोत समितिले सोमबार सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको हो ।

त्रिविले रत्नराज्य लक्ष्मी(आरआर) क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो ।

त्यस्तै सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको हो ।

योग्य उम्मेदवारले [email protected] इमेल ठेगानामा सात दिनभित्र आवेदन पठाउन सक्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय