यस्ता छन्: तिते करेलाका १२ लाभदायी गुण
तिते करेला खादा यसको स्वाद सबैलाई मन नपर्न सक्छ । कति त तिते करेलाको नामै लिन चाहदैनन् । तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ । करेला विभिन्न रोगका लागि उपयोगी खानेकुरा हो ।
हाम्रो भान्सामा पाक्ने तिते करेलाका १२ गुण यस्ताे छ :-
मुटुको रोग :
यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
क्यान्सर :
करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउँछ र क्यान्सर रोग लाग्नबाट बचाउँछ ।
श्वासप्रश्वास समस्यामा :
ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएका ब्यक्तिहरुका लागि करेला निक्कै लाभदायी हुन्छ। यसको सेवनबाट यस्ता प्रकारका रोगीहरुलाई राहत मिल्छ ।
मधुमेह :
करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । करेलामा रहेका रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।
कब्जियतमा :
यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
मिर्गौला र ब्लाडर :
यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
लिभर टनिक :
दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । कम्तीमा पनि एक हप्तामा एक पटक करेलाको जुस पिउनु स्वास्थ्यका लागि लाभदयी हुन्छ । ।
रोग प्रतिरोधक :
पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ र शरीरमा बिभिन्न रोग लाग्नबाट बचाउँछ ।
डण्डीफोरमा :
करेलाको सेवनले डण्डीफोर, अनुहारको दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउन मद्दत गर्छ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउँछ ।
तौल घटाउन :
यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले शरीरको तौल तथा माृटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।
छालाको समस्यामा :
करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सी ले चाउरीपना हटाउन मद्दत गर्छ ।
कपाल चम्काउन :
करेलाको रसमा एक कप दही मिसाएर लगाउने र केही समयपछि धुने, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हट्छ। करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।