फिल्म ‘एक्टर’ मा प्रदीपको क्यारेक्टर पोस्टर सार्वजनिक

भक्तपुर न्यूज

१३ भदौ २०८१ ८:३१

फिल्म ‘एक्टर’ मा प्रदीपको क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं । फिल्म ‘एक्टर’ले शीर्ष पात्रलाई झल्काउने पोस्टर सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरिएको पोस्टरमा अभिनेता प्रदीप खड्का क्यारेक्टर लुक्समा देखिएका छन् । पोस्टरमा उनी घाइते स्वरुपमा छन् । लामो कपालमा उनले अनुहारभरि घाउचोट बोकेका छन् ।

राजन भुसाल निर्देशित फिल्मले नेपाली फिल्म उद्योगमा स्थापित हुन नवआगन्तुक कलाकारले गर्ने संघर्षको कथा भन्छ । कात्तिक १५ गते रिलिज तयारीमा रहेको फिल्ममा दिव्या रायमाझी, आना शर्मा, राजबल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलाको पनि अभिनय हुनेछ । प्रदीपले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् ।

राजन भुसालको निर्देशन रहेको फिल्मलाई अदृत फिल्म्स र मोती फिल्म्सले निर्माण गरेका हुन् । पटकथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । यो फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय