जितु नेपाल र नीति शाह अभिनित ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

भक्तपुर न्यूज

१२ भदौ २०८१ ८:३०

जितु नेपाल र नीति शाह अभिनित ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

काठमाडौं । जितु नेपाल र नीति शाहको शीर्ष अभिनय रहेको फिल्म ‘ज्वाइँ साब’ को टिजर सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटलको युट्युबबाट रिलिज टिजर रमाइलो र हास्यप्रधान छ। यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन्।

फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, कमलमणि नेपाल, शिशिर वाङ्देल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय छ। कमेडी जनरामा रहेर निर्माण गरिएको फिल्मले सामाजिक कथा भन्ने जनाइएको छ।

राजकुमार पण्डितको प्रस्तुतकर्ता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ निर्माता छन्। सविन अधिकारीको कथा रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता हुन्। फिल्म दसैंको फूलपाति (असोज २४) गतेदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ सँग एकैदिन रिलिज हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय