६७ लाख २० हजार भारतीय नोट सहित दुई जना पक्राउ

भक्तपुर न्यूज

१८ भदौ २०७४ ८:१३

६७ लाख २० हजार भारतीय नोट सहित दुई जना पक्राउ

काठमाडौं, १८ भदौ । काठमाडौंको बनस्थलीबाट ठुलो मात्रामा प्रतिबन्धीत भारतीय नोटसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाको आधारमा ६७ लाख २० हजार भारतीय नोट बरामद गरेको हो। पक्राउ पर्नेमा बाँके कोहलपुरकी कृष्ण कुमारी शर्मा र गोरखाका अर्जन भण्डारी रहेका छन्।

भारत सरकारले प्रतिबन्ध लगाएको ६७ लाख २० हजार १ हजार र ५ सय दरका पुराना नोट सहित २ जना पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिए। पक्राउ पर्ने दुवै जना नोटको कारोवारी गर्ने भरिया मात्र रहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *