भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा, जनजीवन प्रभावित

भक्तपुर न्यूज

६ भदौ २०८१ ५:३३

भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा, जनजीवन प्रभावित

काठमाडौं । कैलालीको भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् ।

बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो । पूर्ण रूपमा डुबानमा परेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिए ।

नगरपालिकाको वडा नं ८ अधिक प्रभावित भएको छ । उक्त वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ । वर्षा नरोकिएकाले उनीहरूको व्यवस्थापनमा समस्या भएको छ ।

बाढीबाट वडा नं ५ को लालभोझी क्षेत्रमा पनि सयौँ परिवार विस्थापित भएको दिपेश बुढाले जानकारी दिए । जोशीपुरको वडा नं ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ । नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रभावितहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगरप्रमुख केवल चौधरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय