संसदीय सुनुवाइ समितिको सभापतिमा गैरे र न्यौपाने निर्विरोध निर्वाचित
काठमाडौं । सङ्घीय संसद्का दुई समिति सभापतिमा निर्विरोध निर्वाचित सभापतिद्वयले शपथ ग्रहण गरेका छन् ।
संसदीय सुनुवाइ समिति सभापतिमा निर्वाचित ईश्वरीदेवी न्यौपाने (कांग्रेस) र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा निर्वाचित ठाकुरप्रसाद गैरे (एमाले) ले शपथ ग्रहण गरेका हुन् ।
उनीहरूले सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरेका हुन् । दिउँसो बसेको दुवै समितिको बैठकमा दुवै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । यसपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
