मन्त्रीहरुको भेडीगोठ प्रहरीलाई स्कर्टिङको हैरानी

भक्तपुर न्यूज

१४ भदौ २०७४ २:५८

मन्त्रीहरुको भेडीगोठ प्रहरीलाई स्कर्टिङको हैरानी

काठमाडौं, १४ भदौ । प्रहरीका एक जना असई हतार हतार एक होटलमा सोधीखोजी गर्दै थिए। होटलको ढोकामा रहेका व्यक्तिबाट आफ्नो प्रश्नको उत्तर नपाएपछि ती असईले काउन्टरमा गएर जवाफ लिए। नेपालगन्जमा एकै दिन धेरै मन्त्रीको आगमन हुँदा प्रहरीलाई स्कर्टिङका लागि दौडादौड हुने गरेको छ।

मध्य तथा सुदूरपश्चिमको केन्दविन्दु भएकाले नेपालगन्जमा दैनिक दुई भन्दा बढी भीआइपी आएको पाइन्छ। गत आइतबार एकै दिन तीन जना मन्त्रीको नेपालगन्जमा आगमन हुँदा प्रहरीलाई दौडधुप नै भएको थियो।

त्यसअघि पूर्पप्रधानमन्त्री पुष्पकमल दाहाल र सोमबार युवा तथा खेलकुदमन्त्रीको जिल्ला भ्रमण रहेको थियो। आ आफ्नो दल र मन्त्रालय मातहतका कार्यालयहरुको कार्यक्रममा आएका मन्त्रीलाई प्रहरीले आफैं खोजेर सुरक्षा दिनुपर्छ।

शेरबहादुर देउवा मन्त्रिमण्डलका एक जना मन्त्रीले हालै बाँकेको छिमेकी जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई गाडी नपठाएको भन्दै धम्काएपछि त झन प्रहरी प्रशासन सतर्क बनेर मन्त्री जिल्ला झर्ने बित्तिकै अगाडि पर्ने या स्कर्टिङ लगाउने गरेका छन्। बाँकेमा एकै दिन सात जनासम्म भीआइपी आएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *