जापानका प्रधानमन्त्री किशिदाले पार्टीको चुनावमा उम्मेदवारी नदिने
काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेताको चुनावमा पुनः उम्मेदवारी नदिने निर्णय गरेको छ ।
योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने भएको छ । फुमियो किशिदाले पार्टीलाई नयाँ शुरुआत चाहिने भएकाले आफू पछि हटेको बताएको बीबीसीले जनाएको छ । उनले आउँदो महिना सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।
किशिदाको पार्टीले भ्रष्टाचार र घोटालाको आरोप झेल्दै आएपछि उनको समर्थन पनि घट्दै गएको छ । जापानले पछिल्लो समय बढ्दो मुद्रास्फीति, जापानी मुद्रा येनको मूल्य घट्ने जस्ता समस्या पनि सामना गरिरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४