कंगना र प्रियंकाको ‘फेसन’ को सिक्वेल बन्ने!
काठमाडौं । सन् २००८ मा मधुर भन्डारकरले फिल्म ‘फेसन’ निर्देशन गरेका थिए। कंगना रनावत र प्रियंका चोपडा अभिनीत फिल्मलाई दर्शकले रूचाएका थिए। अब फिल्मकर्मीले यसको सिक्वेल बनाउने तयारी गरेका छन्। यस फिल्ममा आजको समयमा सुपरमोडलको प्रभाव कम हुँदै गएको देखाइने छ।
निर्देशकका अनुसार हाल सेलिब्रेटी र सामाजिक सञ्जाल इन्फ्लुन्सरले शोस्टारमा कब्जा गरेका छन्। ‘मलाई लाग्छ कि फेसनको सिक्वेलको पुरै सम्भावना छ। यस फिल्मको लागि थुप्रै कन्टेन्ट छ। तर अहिले नै केही तय गरिएको छैन,’उनले भने।
‘फेसन’ मा कंगना रनावत र प्रियंका चोपडासँगै अलावा मुग्धा गोडसे, अर्जन बाजवा, अरबाज खान र समीर सोनी जस्ता कलाकारको अभिनय थियो। फिल्ममा मेघना माथुर नामको एक युवतीको वरिपरि घुमेको छ। जो सानो गाउँबाट आएर सुपरमोडल बन्छिन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
