सर्पको टोकाइबाट ६ वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते

भक्तपुर न्यूज

३० साउन २०८१ ६:२९

सर्पको टोकाइबाट ६ वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते

काठमाडौं । सर्पको टोकाइबाट दाङको घोराही उपमहानगरपालिका-६, गुरुवागाउँमा बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।

सर्पको टोकाइबाट ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमिल्सिनाले बताए। उनका अनुसार सर्पको टोकाइबाट २५ वर्षीया आश्मा चौधरी गम्भीर बिरामी परेकी छन्। इन्दु र आश्मा आमाछोरी हुन्।

सर्पले टोक्ने बित्तिकै अस्पताल लग्नुको सट्टा झारफुकतिर लागेकाले बालिकाको मृत्यु भएको डीएसपी तिमिल्सिनाको भनाइ छ। आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको डीएसपी तिमिल्सिनाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय