आयल निगमको जग्गा खरिदमा बिचौलिया प्रयोग

भक्तपुर न्यूज

१३ भदौ २०७४ ३:१३

आयल निगमको जग्गा खरिदमा बिचौलिया प्रयोग

काठमाडौं, १३ भदौ । नेपाल आयल निगमका पदाधिकारीले पेट्रोलियम भण्डारण पूर्वाधारका लागि जग्गा खरिद गर्दा बिचौलियाुको प्रयोग गरेको तथ्य फेला परेको छ। स्थानीय प्रशासनमार्फ मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्नेमा निगमले ४ जना व्यक्ति प्रयोग गरी उनीहरुको माध्यमबाट जग्गा खरिद गरेको हो। यस्तो निर्णयले करोडौँ अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको छ।

उच्च स्रोतकाअनुसार १२७ जना जग्गाधनीले आयल निगमलाई जग्गा बेचेका हुन्। केहीको जग्गा एकभन्दा बढी ठाउँमा रहेकाले २४६ कित्ता किनबेच भएको छ। जग्गाधनीले अर्का व्यक्तिलाई बेचेका छन्, एकमुष्टरुपमा खरिद गर्ने व्यापारीले पछि निगमलाई जग्गा बेचेको देखिन्छ, स्रोतले भन्यो, दुई तहमा भएको बेचबिखनमा ठूलो परिमाणमा चलखेल भएको छ।ु झापामा निरोजकुमार थपलिया, सर्लाहीमा विनोद भण्डारी, चितवनमा जयराम थापा र भैरहवामा हरिप्रसाद पोखरेलबाट निगमले एकमुष्ट जग्गा खरिद गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *