खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । लगातारको वर्षापछि पहिरो खस्दा खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बैतडीको सिगास गाउँपालिका-९ ढोल्यामोडमा पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधन बाटोमै थन्किएका छन्। सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। ‘वर्षा रोकिएको छैन, पहिरो पन्छाउन सकस भइरहेको छ’, उनले भने।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५