नेप्से ६.७० अंकले बढ्यो, २० अर्ब सात करोडको कारोबार
काठमाडौं । साताको कोरोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ६.७० अंकले बढेर दुई हजार ७ सय ६६ दशमलब ३८ विन्दुमा बन्द भएको हो ।
आज नेप्सेमा २० अर्ब ७ करोड ४ लाख बराबरको करोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ७९ वटाको बढेको छ भने १५९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । चार कम्पनीको शेयरमूल्य आज स्थिर रहेको छ । यसका साथै आज ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य ८.०४ प्रतिशतले घटेको छ । यसका साथै आज शिभम् सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको एक अर्ब २० करोड ९० लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३