चालू वर्षको मौद्रिक नीतिले व्यवसायीक क्षेत्रको गिरेको मनोबल उठेको छः महाप्रसाद अधिकारी

भक्तपुर न्यूज

२१ साउन २०८१ ६:३६

चालू वर्षको मौद्रिक नीतिले व्यवसायीक क्षेत्रको गिरेको मनोबल उठेको छः महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू वर्षको मौद्रिक नीतिले व्यवसायीक क्षेत्रको गिरेको मनोबल उठेको बताएका छन् । आज आयोजित अडिटर्स एसोसिएसन नेपाल (अडान) को १९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले यस्तो बताएका हुन् ।

यो वर्षको मौद्रिक नीति गत वर्षहरुको तुलनामा नीतिलाई सहजीकरण वा लचिलो बनाएको र वित्तीय क्षेत्रसँग सम्बन्धीत नीतिमा समेत लचिलो व्यवस्था गरेको गभर्नर अधिकारीले बताए । यस्तै, उनले लेखापाल व्यवसायको क्षेत्रमा उल्लेख्य सम्भावना रहेको र अहिले पनि धेरै व्यवसायको अडिट हुन नसकिरहेको बताउँदै लेखापाल व्यवसायीसँग पर्याप्त ज्ञान रहेको समेत बताए ।

उनले भने ‘कम्पनीहरुको वित्तीय विवरण हेरिरहेका लेखापाल व्यवसायीले सबैजसो कम्पनीको वास्तविक प्रतिवेदनबारे जानकारी हुन्छ,’ गभर्नर अधिकारीले भने, ‘यसबाट अडिटर्सले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सहयोगी भूमिका खेल्न सक्नुहुन्छ ।’

लेखापालले कर छली गर्न चाहेको खण्डमा लेखा व्यवसायीले नियामकीय भूमिकामा रहेका संस्थालाई यसबारे जानकारी दिएमा यथेष्ट कानून निर्माणमा सहजीकारण हुने गभर्नर अधिकारीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय