टिकटक मुख्यालयका कर्मचारीहरूलाई ‘फुड प्वाइजनिङ’, ५७ जनालाई अस्पताल भर्ना
काठमाडौं । ‘भिडियो शेयरिङ’ एप टिकटकको मातृ कम्पनी बाइटडान्सको सिङ्गापुरमा रहेको मुख्यालयमा खाद्य विषाक्तता अर्थात् ‘फुड प्वाइजनिङ’ का कारण ५० जनाभन्दा धेरै कर्मचारी बिरामी भएका छन् ।
६० जना कर्मचारीलाई पेटसँग जोडिएको समस्या भएको पाइएकोमा ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । स्वास्थ्य एवम् खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा जाँच गरिरहेका छन् । बाइटडान्सको कार्यालयमा कुनै पनि प्रकारको खाना बन्दैन र आफ्नो खाद्य आपूर्तिका लागि तेस्रो पक्षमा निर्भर रहने गरेको छ ।
बाइटडान्सका प्रवक्ताले आफ्ना कर्मचारीहरूको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको र प्रभावित कर्मचारीहरूलाई सहयोग गर्न तत्काल कदम चालेको बताएको खबरमा उल्लेख छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५