नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

भक्तपुर न्यूज

१६ साउन २०८१ १०:२४

नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका–१ धालाखुसी, इवामुरा कलेज, वडा नं. ३ स्थित बाराही पुल, श्री शारदा आधारभूत विद्यालय, वडा नं. ४ स्थित राममन्दिर, तारा माध्यमिक विद्यालय र शान्ति निकेतन माध्यमिक विद्यालय तथा वडा नं. ७ स्थित हनुमानघाट, बालसेवक विद्यालय, थुसाचालगायतका ठाउँमा बाढीले पुर्‍याएको क्षेत्रहरुमा बुधबार स्थलगत निरीक्षण गरेका छन् ।

विगत केही दिनदेखि परिरहेको वर्षा र मंगलबार रातिदेखि परेको वर्षाको कारण बाढी र डुबानबाट प्रभावित ठाउँहरुमा स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुथिति र क्षतिबारे जानकारी लिए ।

वर्षाका कारण भक्तपुर नगरपालिकाको हनुमन्त्ते खोलामा आएको बाढीले खोला छेउको धानबालीमा क्षति पुग्नुका साथै नजिकै रहेका विद्यालय, व्यापारिक भवन, अस्पताल र सम्पदाहरु समेत डुबानमा परेका छन् । बाढीले मानवीय र अन्य ठूलो भौतिक क्षति नपुगे पनि किसानहरुको बालीनालीमा पनि भने धेरै क्षति पुर्‍याएको देखिन्छ ।

खोला साँघुरिएपछि हरेक वर्ष वर्षाका कारण बस्ती डुबानमा पर्ने गरेको छ । यस वर्ष अत्यधिक वर्षा भएको कारण पनि धेरै क्षति पुर्‍याएको हो ।

अनुगमनका तस्विरहरु :

तस्विरहरु : भक्तपुर नगरपालिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय