अशोक सिग्देललाई कायम-मुकायम प्रधानसेनापतिको जिम्मेवारी
काठमाडौं । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषदको बैठकको निर्णय चोबीस घन्टापछि मात्रै सार्वजनिक गर्ने ओली सरकारले यसअघि गरेको निर्णयानुसार उक्त समाचारको पुष्टि भएको छैन ।
प्रधानमन्त्री शर्माको कार्यकाल आगामी भदौ २४ गते अवकाशमा जाँदैछन्। त्यो भन्दा एक महिना अगाडि साउन २५ देखि बिदा बस्ने प्रचलनअनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
