बागमतीमा मुख्यमन्त्रीसहित ९ मन्त्रीले लिए सपथ

भक्तपुर न्यूज

९ साउन २०८१ ७:०८

बागमतीमा मुख्यमन्त्रीसहित ९ मन्त्रीले लिए सपथ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादव चन्द्र शर्माले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त भएका लामा प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन् ।

नवनियुक्त मुख्यमन्त्री लामाले बुधबार नै नेपाली कांग्रेस र नेकपा (एमाले) बाट मन्त्रीहरु समावेश गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले कांग्रेसबाट ३ र एमालेबाट ६ जनालाई मन्त्रिपरिषद्‍मा सहभागी गराएका छन् ।

बुधबार शपथ लिनेमा एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्री रहेका छन् ।

यस्तै, कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्री नियुक्त भएका छन् । उनीहरुको जिम्मेवारी पछि तोकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय