मुख्यमन्त्री जम्कट्टेलको डेढवर्षे उपलब्धि सार्वजनिक

भक्तपुर न्यूज

६ साउन २०८१ ७:१५

मुख्यमन्त्री जम्कट्टेलको डेढवर्षे उपलब्धि सार्वजनिक

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले १७ महिनाको अवधिमा गरेको मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उनले १७ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

जम्कट्टेल २०७९ माघ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पत्रकार सम्मेलनमा बोल्दै उनले देश सरकारले विकास निर्माणका कार्य धेरै गरेको बताउँदै डेढ वर्षको अवधिमा झन्डै छ सय मिटर सडक कालोपत्रे, पाँच दर्जन पक्की पुल निर्माण सम्पन्न भएको बताए ।

उनले तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि राष्ट्रिय समन्वय परिषद् र तीन तहको कार्य विस्तृतीकरण बैठकमा प्रदेश सरकारलाई अधिकार दिनुपर्ने आवाज उठाई रहेको स्मरण गराए ।

नीतिगत कामहरू पनि धेरै भएको जानकारी दिदैँ मुख्यमन्त्री जम्कट्टेलले सङ्गठन संरचना पास गराउनुका साथै जिल्लाहरू मार्फत सेवा केन्द्रबाट आम जनतालाई सेवा दिइरहेको बताए ।

मुख्यमन्त्री जम्कट्टेलको कार्यकालमा प्रदेश सरकारलाई संस्थागत रूपमा सुदृढ बनाउन आवश्यक ४ वटा मूल कानुन निर्माण भएको छ । सो अवधिमा प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन, २०७९, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९, प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० निर्माण भई कार्यान्वयनको चरणमा रहेको छ भने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन गरिएको छ । सो अवधिमा २ वटा विनियोजन तथा आर्थिक ऐन जारी गरिएका छन् ।

प्रदेश सरकारको कार्य सरलीकरण तथा प्रभावकारी बनाउन सो अवधिमा मन्त्रिपरिषद्का ४० बैठक सञ्चालन भई २११ निर्णय गरिएको छ भने एक अध्यादेश, नियमावली ७, निर्देशिका ४, कार्यविधि २०, मापदण्ड ४ र आदेश ३ प्रदेश राजपत्रमा प्रकाशन गरिएको छ ।

यस्तै प्रदेश श्रम तथा रोजगार नीति, २०८०, प्रदेश बालबालिका सम्बन्धी नीति, २०८०, मानव बेचबिखन ओसारपसार विरुद्धको संरक्षण नीति, २०८०, ज्येष्ठ नागरिक नीति, २०८०, शिक्षा नीति, २०८०, लैंगिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी नीति, २०८१, प्रदेश स्वास्थ्य नीति, २०८१, प्रदेश सरकारको कार्य विभाजन नियमावली, २०८०, प्रदेश उच्च शिक्षा नियमावली, २०७९, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् नियमावली, २०८०, बागमती विश्व विद्यालयको विधान, २०८१, प्रदेश उच्च शिक्षा (पहिलो संशोधन) नियमावली २०८१, बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८० (संशोधन), प्रदेश खेलकुद विकास (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय