एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने व्यक्तिको परिचय
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ । बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी र्याली सम्बोधनका क्रममा गोली दाग्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।
पेन्सिलभेनियामा चुनाव प्रचाररत रहेका बेला ट्रम्पलाई गोली हानिएको थियो । कान र छेउछाउको भागमा घाउ लागे पनि ट्रम्प सुरक्षित छन् । बीबीसी
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
