यी कारणले फुल्छ नङ ?
काठमाडौं । मानिसका हात तथा औँलाका नङमा कहिलेकाहीँ सेतो दाग देखिने गर्छ । पुरानो मान्यताअनुसार यसलाई नङ फुलेको भन्ने गरिन्छ । बाल्यकालमा नङ फुल्नु नयाँ लुगा लगाउन पाइने सङ्केतको रुपमा बुझ्ने गरिन्थ्यो । नङ फुल्नु स्वास्थ्यको दृष्टिले राम्रो नभई शारिरीक समस्या हो ।
यस्तो छ नङ फुल्नुको कारणः
नङमा चोट : नङमा सेतो दागी देखिनुलाई स्वास्थ विज्ञानमा ल्युकोनाकिया भनिन्छ । नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा सेतो दागी देखिन्छ । घाइते भएको अलि धेरै समयपछि मात्र सेतो दागी देखिने भएकोले चोटका कारण नङ फुलेको बुझ्न सकिदैन । ढोकामा वा ढुंगामा नङ ठोकिदा सेतो दागी आउँछ ।
एलर्जी प्रतिकृया : नङ पोलिसको एलर्जीका कारण पनि तपाईको औलाको नङमा सेतो दागी आउन सक्छ । नङ पालिसमा हुने विभिन्न रसयानले नङको भित्री भागमा असर गर्छ ।
जिंकको कमी : मानिसमा जिंकको अभाव भएमा नङमा सेतो दागी उत्पन्न हुन्छ । जिंक प्राप्त हुने प्रयाप्त पोषण खाएमा कुनै पनि व्यक्ति यो समस्याबाट मुक्ती पाउँछ । गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट र गेडायुक्त अन्नबाट जिंक लिन सकिन्छ ।
प्रोटिनको कमी : प्रोटिनको कमीले पनि नङमा सेतो धर्सा वा दागी आउँछ । यी रेखाहरुलाई म्युरेक्स लाइन भनिन्छ । तर जब शरिरमा प्रोटिनको मात्रा सामान्य अवस्थामा आउँछ यी रेखा आफैं हराउँछ । यी रेखा म्युरेक्स लाईन हुन वा होइनन् भन्ने हामी आफैले पनि परीक्षण गर्न सक्छौं ।
क्यल्सियमको कमी : क्याल्सियमको कमीले पनि नङमा सेतो दागी आउँछ । तसर्थ आफ्नो दैनिक भोजनमा सुन्तलाको जुस, दुध लगायत क्याल्सियमयुक्त खानेकुरा खानुहोस् ।
गम्भीर रोगको लक्षण : नङ फुल्नु केही गम्भीर रोगको लक्षण पनि हुन सक्छ । तसर्थ यस्तो दागी लामो समयसम्म देखिन्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ ।
धेरै नङ फुल्नु लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण पनि हुन् ।
समाधानका उपाय :
– भिटामिन ई वा लोसनले हातलाई मोश्चराइज गर्ने । मोश्चराइज गर्दा नङको छालामा पनि छुनुपर्छ ।
– क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त प्रशस्त खानेकुरा खानुहोस् ।
– भिटामिन सि युक्त फलफुल खाने ।
– जिंक, आइरन, सल्फरयुक्त खानेकुरा खाने ।