भारतीय नागरिकका परिवारलाई रूसले क्षतिपूर्ति दिने प्रक्रिया सुरू

भक्तपुर न्यूज

२७ असार २०८१ ८:०५

भारतीय नागरिकका परिवारलाई रूसले क्षतिपूर्ति दिने प्रक्रिया सुरू

काठमाडौं । युक्रेनविरूद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसले क्षतिपूर्ति दिने प्रक्रिया सुरू गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रूस भ्रमणका क्रममा युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसी नागरिकता दिने सहमतिसमेत भएको बताइएको छ ।

रूस सरकारले युक्रेनमा मारिएका परिवारलाई कुल क्षतिपूर्ति रकम १ करोड ३० लाख रूपैयाँमध्ये पहिलो किस्ताबापत ४५ लाख रूपैयाँ पठाइसकेको र बाँकी केही दिनमै पठाउने जनाइएको छ ।

रूसमा भारतीयलाई पठाउने गिरोहका चार जनालाई सीबीआईले पक्राउ गरिसकेको छ । त्यहाँ जाने अधिकांश हैदरावाद, कर्नाटक, उत्तर प्रदेश, कश्मीर, पन्जाब, कोलकातालगायतका स्थानका नागरिक भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय