उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु , १८ जनाको उद्धार

भक्तपुर न्यूज

२५ असार २०८१ ६:५१

उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु , १८ जनाको उद्धार

काठमाडौं । नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार अबेर राति काठको डुङ्गा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

जिगावाका प्रहरी प्रवक्ता लावन शिसुले सोमबार पत्रकारहरूलाई भने,’करिब २० स्थानीय व्यापारीको समुह बोकेको डुङ्गा औयो स्थानीय सरकारी क्षेत्रको हडिन गाउँतर्फ जाँदै गर्दा क्वालगाई नदीमा पल्टिएको थियो। त्यस घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने १८ जनालाई उद्धार गरिएको थियो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय