ललितपुरमा सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ५ जना पक्राउ

भक्तपुर न्यूज

२१ असार २०८१ ८:२७

ललितपुरमा सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ५ जना पक्राउ

काठमाडौं । अबैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले असार २० गते महालक्ष्मीस्थानमा निर्माणाधीन घरमा छापा मार्दा शंकास्पद कारोबार गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। प्रहरीले सुन गाल्ने मशिन, डिजिटल र ५० लाख चार हजार रुपैयाँ समेत बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिक र दुई जना नेपाली छन्। छापा मारेको घरको तेस्रो तल्ला भारतको महाराष्ट्रका युवराज विभूतेले भाडामा लिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पक्राउ पर्नेमा २८ वर्षीय विभूते सहित भारतीय नागरिक २० वर्षीय विक्रम यलवर र १८ वर्षीय अभिशेष विभूते छन्। त्यस्तै, भक्तपुरका सिद्धान्त चौलागाईं र ललितपुरका यसवन्त सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चेकबूक, ब्यांकमा नगद जम्मा गरेको भौचर समेत बरामद गरेको छ। सुन गाल्ने मशिन नै भेटिएकाले यस समूहले संगठित रूपमा अवैध सुनको कारोबार गरेको प्रहरीको आशंका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय