नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बोलाइयो

भक्तपुर न्यूज

२० असार २०८१ ८:५१

नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शनिबारका लागि दलको बैठक बोलाएको हो । संसदीय दलको बैठक शनिबार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता समीकरणका लागि भएको पछिल्लो सहमतिपछिको राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । कांग्रेसको बुधबार बसेको कार्यसम्पादन समिति बैठकले एमालेसँग सोमबार मध्यरातमा भएको सहमति अनुमोदन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय