राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही १३ लाख प्रदान
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले जनही १३ लाख प्रदान गरेको छ। टी-२० विश्वकपका लागि छनोट हुन सफल १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियोलाई नगद २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरेको हो।मन्त्रालयमा आइतबार एक कार्यक्रम गर्दै १५ जना खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गरेको हो।
यस्तै टीम व्यवस्थापक सुमनराज कार्कीलाई १ लाख ९५ हजार, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको हो। नेपाली टोली विश्वकपमा छनोट भएसँगै सरकारले राष्ट्रिय क्रिकेट टीमलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो।
प्रकाशित मितिः २०८१ असार ०३ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
