नेपाल र श्रीलंकाबीचको खेल रद्द, श्रीलंका समूह चरणबाटै बाहिर

भक्तपुर न्यूज

३० जेठ २०८१ १:५४

नेपाल र श्रीलंकाबीचको खेल रद्द, श्रीलंका समूह चरणबाटै बाहिर

काठमाडौं । नेपाल र श्रीलंकाबीच बुधबार बिहानका लागि तय भएको विश्वकपको स्पर्धा वर्षाका कारण रद्द भएको छ।  खेल हुने तय भएको अमेरिकास्थित फ्लोरिडामा भारी वर्षा भएपछि खेल रद्द भएको हो। समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंकाबीच बिहान ५:१५ बाट खेल सुरु हुने कार्यतालिका रहेको थियो। तर वर्षाका कारण टस समेत नभइ खेल रद्द भएको हो। समूह ‘डी’ मा रहेको नेपाल र श्रीलंकाले १-१ अंक बाँडेका छन्। यो सँगै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। यसअघि श्रीलंका सुरुवाती दुई खेलमा पराजित भएको थियो। नेपालको भने यो दोस्रो खेल हो।

विश्वकपअन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग पहिलो खेल गुमाएको थियो। पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित श्रीलंकाले दोस्रो खेल बंगलादेशसँगपनि हारेको थियो। अब अन्तिम खेल बाँकी हुँदा श्रीलंकाको केवल १ अंक रहेको छ। यदि उसले अन्तिम खेल जितेपनि अब शीर्ष आठमा पुग्ने छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *