टी-२० विश्वकपमा भोलि बिहान नेपालले श्रीलंकाविरुद्ध खेल्दै

भक्तपुर न्यूज

२९ जेठ २०८१ ८:१७

टी-२० विश्वकपमा भोलि बिहान नेपालले श्रीलंकाविरुद्ध खेल्दै

काठमाडौं । नेपालले टी-२० विश्वकप अन्तर्गत भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो । अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल भोलि बिहान ५ः १५ बजेदेखि सुरु हुँदै छ ।

नेपालले यस विश्वकपमा पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै श्रीलंकाले भने यस विश्वकपमा लगातार दुई खेलमा हार बेहोरेको छ। श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हार बेहोरेको थियो।

समुह डी मा नेपाल र श्रीलंकाका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यस समूहमा दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक हासिल गरेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ। त्यस्तै बंगलादेशले २ खेलमा एक जित र एक हारसहित २ अंक हासिल गरेको छ ।

प्रकाशित मितिः २०८१ जेठ २९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *